पत्रकार महासंघको १० प्रदेशमा कसले कहाँ जिते ? यस्तो छ परिणाम
पत्रकार महासंघको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जिल्ला, प्रदेश र केन्द्रको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो ।
अधिकांश जिल्लाको मत परिणाम शुक्रबार बिहानसम्म आइसकेको छ । पत्रकार महासंघले १० वटा प्रदेशको संगठन बनाएको छ ।
जसमा ६ प्रदेश अलवा वागमती प्रदेशलाई दुई भागमा बाँडिएको छ । बागमती प्रदेशका ३ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरलाई उपत्यका प्रदेश बनाइएको छ भने यस प्रदेशका बाँकी जिल्लालाई बागमती प्रदेश कायम गरिएको छ ।
यी भौगोलिक प्रदेशबाहेक प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशका रुपमा पनि पत्रकार महासंघ गठन गरिएको छ ।
यी १० प्रदेशमध्ये अहिलेसम्म प्रदेशको नतिजा आएको छ ।
पत्रकार महासंघको १० प्रदेश कसले कहाँ जिते ?
प्रदेश १
प्रदेश १ मा अध्यक्ष केन्द्रकै गठबन्धन अनुसारको प्यानलले जित हात पारेको छ । प्रेस युनियनका लीलाबल्लभ घिमिरे अध्यक्ष र प्रेस संगठनका विवेक गौतमको नेतृत्वमा रहेको पूरै प्यानल प्रदेश १ महासंघको कार्यसमितिका लागि निर्वाचित भएको छ ।
प्रदेश २
पत्रकार महासंघ २ नम्बर प्रदेशमा प्रेस चौतारी, प्रेस मञ्चको प्यानल लगायतका संगठनको प्यानल र प्रेस युनियन, प्रेस सेन्टर लगायतको प्यानल प्रतिस्पर्धामा थियो । यसमा प्रेस मञ्चका राजेश कुमार कर्ण अध्यक्षमा विजयी भएका छन् । अधिकांश पदमा कर्णको प्यानलका उम्मेदवारले जितेका छन् । महिला उपाध्यक्ष र केही सदस्यहरु अर्काे प्यानलबाट विजयी भएका छन् ।
बागमती प्रदेश
पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा शिव देवकोटा निर्वाचित भएका छन् । प्रेस युनियनका देवकोटाको नेतृत्वमा रहेको प्यानलले नै जित हात पारेको छ । यहाँ पनि केन्द्रकै गठबन्धन अनुसारको प्यानल बनाइएको थियो ।
गण्डकी प्रदेश
पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण प्रसाद शर्माले जित हात पारे । प्रेस युनियनसँग आवद्ध शर्मा नेतृत्वको प्यानलले नै गण्डकी प्रदेशमा जित हात पारेको छ । यहाँ प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी नेपाल पक्ष लगायतका संगठनको गठबन्धन बनेको थियो ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा वसन्त गिरि विजयी भएका छन् । फरकधारका संवाददाता गिरिराज नेपालीका अनुसार प्रेस युनियनका अध्यक्ष गिरिको प्यानल नै विजयी भएको हो ।
कर्णाली प्रदेश
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा देवी राम देवकोटा विजयी भएका छन्। देवकोटा प्रेस संगठन निकट हुन् । यहाँ प्रेस संगठन, प्रेस युनियन लगायत केन्द्रकै गठबन्धन अनुसार बनेको पूरै प्यानलले जित निकालेको हो।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावल निर्वाचित भएका छन् । प्रेस युनियनका रावलको नेतृत्वमा रहेको पूरै प्यानलले जित हात पारेको छ । यहाँ केन्द्रकै गठबन्धन अनुसार प्यानल बनेको थियो ।
उपत्यका प्रदेश
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई समेटेर बनाएको उपत्यका प्रदेशका श्रीजन झाको नेतृत्वको पूरै प्यानलले जित हात पारेको छ । प्रेस युनियनका झाको नेतृत्वमा यहाँ पनि केन्द्रकै गठबन्धन अनुसार प्यानल बनाइएको थियो ।
प्रतिष्ठान प्रदेश
काठमाडौं उपत्यकामा रहेका विभिन्न सञ्चारगृहमा रहेका पत्रकार महासंघको प्रतिष्ठान शाखाहरूलाई समेटेर पत्रकार महासंघले प्रतिष्ठान प्रदेश बनाएको छ ।
यस प्रतिष्ठान प्रदेशको अध्यक्षमा बालकृष्ण अधिकारी विजयी भएका छन् । प्रेस युनियनका अधिकारीको नेतृत्वमा युनियनसहित प्रेस संगठन, प्रेस चौतारी लगायत गठबन्धनको प्यानल बनाइएको थियो ।
एसोसिएट प्रदेश
पत्रकारका विभिन्न संगठनहरु मिलाएर एसोसिएट प्रदेश बनाइएको छ । कार्टुनिस्ट क्लब नेपालका, एभरेष्ट प्रेस क्लब नेपाल पत्रकार मञ्च, दक्षिण एसियाली खेलकुद पत्रकार संघ जस्ता पत्रकारका संगठनहरु यसतर्फ पर्छन् । यस प्रदेशका अहिले मतगणना भइरहेको छ ।
केन्द्रको नतिजा आउन समय लाग्ने भएको छ । मतगणना जारी छ । पत्रकार महासंघले दिएको पछिल्लो विवरण अनुसार ४० जिल्लाबाट केन्द्रका लागि भएको मत परिणाम आएको छ । जसमा विपुल पोखरेलको प्यानलका उम्मेदवारले अग्रता बनाइरहेका छन् । फरकधार डटकमबाट
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…