कुन राशीका व्यक्तिले कुन देवताको पूजा गर्ने ?
हुनत व्यक्तिले आफ्नो इच्छा अनुसार र श्रद्धाअनुसार कुनै पनि देवी देवता, धर्ममा आस्था राख्न सक्छन् । यसकालागी हरेक व्यक्ति स्वतन्त्र छन् । तर हिन्दूधर्ममा भने हरेक व्यक्तिले आफ्नो इष्ट देवको पूजा गर्नुपर्ने विशेष महत्वपूर्ण मानिन्छ ।
हिन्दु मान्यता अनुसार इष्ट देवको सम्बन्ध हाम्रो कर्म र जीवनसंग रहेको हुन्छ । धार्मिक मान्यता अनुसार इष्ट देवको पूजा गर्ने व्यक्तिले शुभ र राम्रो फल प्राप्त गर्दछन् । यस्तोमा आफ्नो इष्ट देव कसरी थाहा पाउने त ?
ज्योतिष शास्त्रको मान्यता अनुसार व्यक्तिको जन्म मिति अनुसारको नाम अर्थात न्वारानको नाम र अक्षरका आधारमा राशी वा जन्म कुण्डलीको राशीका आधारमा इष्टदेवको पहिचान गर्न सकिन्छ । कुण्डलीको पञ्चम भाव इष्ट देवताको भाव मानिन्छ । यस भावमा जुन राशी हुन्छ त्यसको ग्रहको देवता नै व्यक्तिको इष्ट देव मानिन्छ ।
इष्ट देवको पूजा गर्नाले बिभिन्न लाभ पाउन सकिन्छ । कुण्डलीमा जति नै ग्रह दोष भए पनि यदि इष्ट देव प्रसन्न छन् भने ति सबै दोषले व्यक्तिलाई दुख दिदैन भन्ने मान्यता छ । जान्नुहोस् राशी अनुसारको आफ्नो इष्ट देव :
१. मेष र वृश्चिक राशी
मेष र वृश्चिक राशिका स्वामी ग्रह मंगल हुन् तसर्थ यी दुबै राशीका इष्टदेव हनुमानजी र राम हुन् ।
२. वृष र तुला राशी
वृष र तुला राशिका स्वामी शुक्र ग्रह हुन् तसर्थ यी दुबै राशीका इष्ट देवी माता दुर्गा हुन् ।
३. मिथुन र कन्या राशी
मिथुन र कन्या राशिका स्वामी ग्रह बुध हुन् तसर्थ यी दुबै राशीका इष्ट देव गणेशजी र विष्णु हुन् ।
४. कर्कट राशी
कर्कट राशीका स्वामी ग्रह चंद्रमा हुन् तसर्थ यस राशीका इष्ट देव शिवजी हुन् ।
५. सिंह राशी
सिंह राशीका स्वामी ग्रह सूर्य हुन् तसर्थ यस राशीका इष्ट देव हनुमान र माता गायत्री हुन् ।
६. धनु र मीन राशी
धनु र मीन राशीका स्वामी ग्रह बृहस्पती हुन् तसर्थ यी राशीका इष्ट देव विष्णु र लक्ष्मी हुन् ।
७. मकर र कुम्भ राशी
मकर र कुम्भ राशीका स्वामी शनि हुन् तसर्थ यी राशीका इष्ट देव हनुमान र शिव हुन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


