नेपालमा कोरोना सङ्क्रमण : दुई लाख ७४ हजार आठ सय १० पुग्याे ।

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २४ फाल्गुन २०७७, सोमबार १९:३०

काठमाण्डाै : पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार तीन सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेकाे सङ्ख्या दुई लाख ७४ हजार आठ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय २७ पुगेको छ । अब नेपालमा आठ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

थप एक जनाकाे सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

Facebook Comments Box
यो पनि पड्नुहोस..  एसइई : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

धेरै कमेन्ट गरिएका