पुटिनका आलोचक नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश
काठमाडौं : मस्कोको एक अदालतले राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको हो ।
नभाल्नी गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउ परेका थिए । गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको अन्तिम अवस्थमाा जर्मनीमा उपचार भएको थियो । जर्मनीमा उपचार पछि नभाल्नी घर फर्कदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसका विभिन्न शहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन् । अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई ‘विष दिने व्यक्ति’ भनेका थिए र आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए ।
उनका समर्थकहरूले तत्काल प्रदर्शनको आह्वान गरेका थिए र मस्कोको केन्द्र भाग र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै सयौं मानिस भेला भएका थिए । नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् ।
अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन् । युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले विश्वसनीयतालाई उपेक्षा गरेको जनाएको छ । एजेन्सी
समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


