मिर्गौलाका बिरामी किसोरको उपचारका लागि पौडेल र सुवेदीले गरे सहयोग ।

keshab thapa help

वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० का १८ बर्षका किसोर केशव थापाको उपचारका लागि सहयोग जुट्ने क्रम जारी देश तथा बिदेशमा रहेकाहरुले निरन्तर सहयोग गरिरहेकाछन् ।
यसैबीच कोरियामा रहनु भएका सूर्य प्रसाद पौडेलको पहलमा वालिङ १० घर भइ हाल दुबईमा रहनुभएका युक्त प्रसाद सुवेदीले रु १० हजार प्रदानु गर्नु भएको छ । त्यस्तै हाल अमेरिकमा रहनु भएका हरिहर पौडेलले रु १० हजार प्रदान गर्नु भएको छ ।
दुबैजनाले पठाउनु भएको नगद रु २० हजार स्थानीय महिला नेतृ सिर्जना पौडेलले किशोर केशव थापा तथा उहाँको परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।

.


यता १८ बर्षीय किसोर केशवको जीवन रक्षाका लागि उहाँका आमा ईन्द्रा कुमारी खवासको नाममा गरिमा बिकास बैंक वालिङ शाखामा खोलिएको ००१०१३०००००९४५०००००१ नम्वरको खातामा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP