मिर्गौलाका बिरामी किसोरको उपचारका लागि पौडेल र सुवेदीले गरे सहयोग ।
वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० का १८ बर्षका किसोर केशव थापाको उपचारका लागि सहयोग जुट्ने क्रम जारी देश तथा बिदेशमा रहेकाहरुले निरन्तर सहयोग गरिरहेकाछन् ।
यसैबीच कोरियामा रहनु भएका सूर्य प्रसाद पौडेलको पहलमा वालिङ १० घर भइ हाल दुबईमा रहनुभएका युक्त प्रसाद सुवेदीले रु १० हजार प्रदानु गर्नु भएको छ । त्यस्तै हाल अमेरिकमा रहनु भएका हरिहर पौडेलले रु १० हजार प्रदान गर्नु भएको छ ।
दुबैजनाले पठाउनु भएको नगद रु २० हजार स्थानीय महिला नेतृ सिर्जना पौडेलले किशोर केशव थापा तथा उहाँको परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।
.

यता १८ बर्षीय किसोर केशवको जीवन रक्षाका लागि उहाँका आमा ईन्द्रा कुमारी खवासको नाममा गरिमा बिकास बैंक वालिङ शाखामा खोलिएको ००१०१३०००००९४५०००००१ नम्वरको खातामा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


