पुतलीबजार कप भेट्रान्स भलिबलको उपाधी बिरुवाले जित्यो
प्रथम पुतलीबजार कप अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत भेट्रान्स भलिबलको उपाधी बिरुवाले जितेको छ ।
प्रतियोगिता अन्तर्गत भएको पुरुष भेट्रान्स ३५ बर्ष माथीको खेलमा बिरुवा गाउँ पालिकाको भेट्रान्स टिमले पेल्का चौर गाउपालिका, रामखोला भेट्रान्स टिम तथा गल्याङ नगरपालिकाको टिमलाई पराजित गर्दै भेट्रान्स भलिबलको उपाधी जित्न सफल भएको हो ।
विरुवा गाउँ पालिका टिमको नेतृत्व पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवम् एभिसि रेफ्री टहल सिंह थापाले गरेका थिए भने टिममा गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसी को पनि सहभागिता रहेको थियो । भेट्रान्सतर्फ ७ टिमको सहभागिता रहेको थियो ।
यसै गरी पुरुष तर्फको पुतलीबजार कप भलिबल प्रतियोगितामा १२ गाउँ पालिका तथा नगरपालिकाहरुको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


