पुतलीबजार कप भेट्रान्स भलिबलको उपाधी बिरुवाले जित्यो
प्रथम पुतलीबजार कप अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत भेट्रान्स भलिबलको उपाधी बिरुवाले जितेको छ ।
प्रतियोगिता अन्तर्गत भएको पुरुष भेट्रान्स ३५ बर्ष माथीको खेलमा बिरुवा गाउँ पालिकाको भेट्रान्स टिमले पेल्का चौर गाउपालिका, रामखोला भेट्रान्स टिम तथा गल्याङ नगरपालिकाको टिमलाई पराजित गर्दै भेट्रान्स भलिबलको उपाधी जित्न सफल भएको हो ।
विरुवा गाउँ पालिका टिमको नेतृत्व पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवम् एभिसि रेफ्री टहल सिंह थापाले गरेका थिए भने टिममा गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसी को पनि सहभागिता रहेको थियो । भेट्रान्सतर्फ ७ टिमको सहभागिता रहेको थियो ।
यसै गरी पुरुष तर्फको पुतलीबजार कप भलिबल प्रतियोगितामा १२ गाउँ पालिका तथा नगरपालिकाहरुको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


