बुधबार गण्डकीमा ४० जनामा कोरोना पुष्टि, थप तीनजनाको मृत्यु ।

स्याङजा : बुधबार पोखराका २७ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार आज गण्डकीका २७५ जनामा गरिएको परीक्षणमा थप ४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका २७, तनहुँका १०, पर्वतका १ र बाग्लुङ जिल्लाका २ जना छन् ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार दुई सय ६४ पुगेको छ । जसमा ४५५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ३९ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या १४ हजार ६ सय सात पुगेको छ ।
बुधबार पनि गण्डकीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
मृतकहरु नवलपुर जिल्ला गैंडाकोट नगरपालिका -१३ निवासी ५५ वर्षीय पुरुष, पोखरा महानगरपालिका -२९ निवासी ३५ वर्षीया महिला र स्याङ्गजा जिल्ला बिरुवा -५ निवासी ७० वर्षीया महिला छन् । आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…