कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला
काठमाडौं : कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।
सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्न भनेर दायर गरिएको रिट खारेज गरेसंगै नयाँ पाठ्यक्रमका लागि बाटो खुलेको हो ।
सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर गरिएको रिट खारेज भएको फैसला सुनाएको हो ।
शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रम लागु गराउने निर्णय गरे सगै गत असोजमा सर्वोच्चमा यस विरुद्ध रिट दर्ता भएको थियो ।
रिट खारेज भए सँगै अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने छ ।
शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ पास गरिसकेको छ ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


