स्याङ्जा सहित गण्डकी प्रदेशमा शुक्रबार थपिए ७१ जना संक्रमित
स्याङ्जा गण्डकी प्रदेशमा शुक्रबार थप ७१ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा कास्कीका ५५, तनहुँका ६, पर्वतका ५, स्याङ्जाका ३ र म्याग्दीका २ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ३६ पुगेको छ ।
शुक्रबार ४३ जना निको भए । प्रदेशका कुल संक्रमितमध्ये ११ हजार ९ सय ५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
कुल संक्रमितमध्ये १ सय ८७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०६, नवलपुर र तनहुँका २०/२०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
१ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


