बिरुवा गाउँपालिकामा एमबिबिएस डाक्टर र एम्बुलेन्स सेवा शुरू ।
स्याङ्जा :
स्याङ्जाकाे बिरुवा गाउँपालिका एम्बुलेन्स सेवा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले गाडीको पूजा गरेर सेवा शुरुआत गर्नु भएकाे हो । नेपाल सरकारद्वारा राजश्व छुट प्राप्त एम्बुलेन्स खरिदमा गाउँपालिका को १०लाख १ हजार ३ सय ४८ रुपैया लागत रहेको गाउँपालिकामा अध्यक्ष शर्मा ले बताउनु भयो । एम्बुलेन्स सेवा शुरुवात सँगै बिरुवा गाउँपालिकाका बिरामीहरुलाई हरुले जटिल स्वास्थ्य समस्यामा स्याङ्जा बजार , पोखरा , बुटवल तथा काठमाण्डौ पुग्नको लागि सहज हुने देखिन्छ ।
यो सेवाको शुरुवात सँगै गर्भवती महिला हरुलाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्न समेत सहज हुने कुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताउनु भयो । बिरुवा गाउँपालिकाले यस आर्थिक वर्षमा एमबिबिएस डाक्टर सहितको कोभिँड अस्पताल समेत शुरू गरेको छ । गाउँपालिका वडा न ६ चिन्नेनासमा स्थापित उक्त अस्पतालमा एमबिबिएस डाक्टरको साथै दुई जना स्टाफ नर्स बाट समेत सेवा प्रवाह हुँदै आएको छ ।
स्वास्थ्य सेवालाई थप प्रभाव कारी बनाउन यसै वर्ष बाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका दुई वडा हरुमा आधारभूत स्वास्थ्य केन्द्र समेत स्थापना भएको छ । यी सम्पूर्ण सेवाहरूको शुरुवात सँगै जनताको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने अपेक्षा गाउँपालिका गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
।

समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


