दियालो सुआहाराको सहजीकरणमा स्याङजामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन शुरु ।

Vitamin A Diyalo_00000

स्याङजा :
दियालो सुआहाराको सहजीकरणमा स्याङजामा भिटामिन ए र जुकाको औषधी खुवाउन शुरु गरिएको छ । देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी निःशुल्क खुवाउने राष्ट्रिय अभियान अन्तरगत स्याङजामा पनि खुवाउन शुरु गरिएको हो ।
जिल्लाका ११ वटै स्थानीयतहमा बिहिबार र शुक्रबार यो अभियान सञ्चानल गरिने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
दियालो अन्तरगत ११ वटा पालिकामा रहेका ११ जना पालिका पोषण सहजकर्ता र १३ जना सामुदायिक पोषण सहजकर्ताले कार्यक्रम सफल पार्न सहजीकरण गरिरहेको सुआहाराका गण्डकी प्रदेश संयोजक याम जिसीले जानकारी दिनुभयो । उहाँले प्रदेशका ६ वटा जिल्लामा सुआहाराका कर्मचारीहरुले अभियान सफल पार्न सहजीकरण गरिरहेको बताउनु भयो ।
वालिङ नगरपालिका वडा नम्वर ६ मा भएको भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रमको शुभारम्भ दियालो संस्थाका अध्यक्ष कविता तिवारीले गर्नु भएको थियो ।
सो अवसरमा दियालो सुआहाराका कार्यक्रम प्रमुख ओम सुव गुरुङको समेत उपस्थिती रहेको थियो ।

.


जिल्ला भर अभियान सफल पार्नका लागि सुआहाराका गण्डकी प्रदेश संयोजक याम जिसी सहित स्वास्थ्य पोषण अधिकृत ज्योती कार्की र कृषि अधिकृत अर्जुन सेवेदीले समन्वय र सहजीकरण गरिरहेको दियालो संस्थाले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की : सामूहिकरुपमा आलु खेतीमा वालिङका महिला ।


अभियान अन्तरगत देशभरका छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाईने बताईएको छ ।
गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशँैका कारणले एक महिनापछि खुवाउन थालिएको हो । यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।
मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र बालभिटा खुवाइन्छ ।

.

Facebook Comments Box
TOP