स्याङ्जा प्रशासनले भन्यो – घरपरिवारमै चाड मनाउनू, देउसीभैलो नखेल्नू ।

jipraka_pic_new

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले देउसीभैलो लगायतका मनोरन्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ ।

प्रशासकीय अधिकृत नवराज बरालले सोमबार सूचना निकालेर कोरोना संक्रमण फैलने जोखिम उच्च भएकाले देउसीभैलोसहति अन्य भीडभाडजन्य गतिविधि नगर्न आग्रह गर्नु भएकाे हाे ।

कोरोना भाइरसको जोखिम स्याङ्जामा समेत दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा तिहार, छठजस्ता नेपालीको चाडपर्वको समयमा हुने अधिक आवागमन र भीडभाडजन्य गतिविधिले संक्रमणको जोखिम थप जटिल हुने सूचनामा उल्लेख छ ।

चाडपर्व मनाउँदा आफू रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मनाउन, जिल्लाभित्र कुनै पनि प्रकारका मेला, महोत्सव तथा व्यापारिक केन्द्रमा भीडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न गराउन प्रशासनले आग्रह गरेको छ।

सूचनामा पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।

कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

नजिकिदै गरेका शुभ दिपावली, नेपाल संवत, छठ, ल्होसार लगायतका चाडपर्वहरुको पावन अवसरमा सम्पूर्ण जिल्लावासीहरुमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जा हार्दिक शुभकामना व्यक्त गर्दछ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण दर यस जिल्लामा पनि बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्येनजर गर्दै मिति २०७७/०७/२३ को DCCMC को बैठकको निर्णय अनुसार, चाडपर्व मनाउँदा आफू र आफ्ना परिवारसँग मात्र रहेर वा जो जहाँ जुन अवस्थामा छ त्यही अवस्थामा मनाउनु हुन अनुरोध छ । विगतका पर्वहरुमा जस्तो आफन्तजन हरुकोमा जाने, भिडभाड गर्ने, जम्मा हुने, नाँचगान गर्ने, देउसी भैलो खेल्ने, पिङ हाल्ने/खेल्ने, सामूहिक रुपमा उपस्थित भई शुभकामना आदान प्रदान गर्ने, मठमन्दिर/चर्च/गुम्बा/मस्जिद लगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेकका अन्य कार्य तथा गतिविधिहरु नगर्नु नगराउनु हुन सूचित गरिन्छ । मादकपदार्थको सेवन गरी होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुऱ्याउने, जुवातास खेल्ने, पटका पड्काउने, आतिसवाजी गर्ने, अनुमति बिना विष्फोटक पदार्थको आयात, भण्डारण र विक्री वितरण गर्ने लगायतका कार्य तथा गतिविधिहरु निषेध गरिएको छ । कक्षा ११ र १२ को परीक्षा प्रयोजनार्थ भनी व्यानर सहित सञ्चालित विद्यालयका सवारी साधनको प्रयोजन वाहेक विद्यालयका सवारी साधन विद्यार्थी ओसारपसार गर्न निषेध गरिएको ।

स्वास्थ्य सुरक्षाका मापदण्डहरुको प्रयोगः

जिल्ला भित्र कुनै प्रकारको मेला आयोजना नगर्ने, सामाजिक/भौतिक दुरी कायम गर्ने, सार्वजनिक सवारी साधनको सञ्चालन गर्दा स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना गर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, पटक पटक सावुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्य रुपमा पालना गर्नुहुन पुनः अनुरोध गरिन्छ ।

साझा जिम्मेवारी बोध तथा दायित्वः

कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा जोखिम न्यूनीकरणमा आवश्यक सहयोग तथा सहजीकरण गरिदिनुहुन जिल्लामा क्रियाशिल सवै राजनीतिक दल, स्थानीय तह, सञ्चार माध्यम, नागरिक समाज, सामाजिक संघसंस्था, टोल विकास समिति युवा क्लव र आमा समूहहरुलाई हार्दिकतापूर्वक अपिल गरिन्छ । उल्लेखित सूचनाको अवज्ञा भए/गरेको पाइएमा नजिकको प्रहरी इकाई, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुहुन सवैमा अनुरोध छ । उल्लेखित सूचना विपरितको क्रियाकलाप भए गरेको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराईन्छ ।

.

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP