सिद्धार्थ राजमार्ग मंसीर १४ देखि दैनिक ४ घण्टा बन्द हुने (तालिका सहित)
सिद्धार्थ राजमार्ग पुन बन्द हुने भएकाे छ । सडक कालाेपत्रे गर्नका लागि पुन सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ ।
कार्यालयका अनुसार २०७७ मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म दैनिक चार घण्टा बन्द हुनेछ । सिद्धार्थ राजमार्गकाे झुम्सा-दाेभान सडकखण्डमा कालाेपत्रे गर्न सडक बन्द गर्न लागिएकाे सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे हाे ।
उता यात्रुले भने सिद्धार्थ राजमार्ग पटक-पटक बन्द हुँदा सास्ती बेहाेर्नु परेकाे गुनासाे गर्दै आएका छन् । सडक मर्मतकाे नाममा कहिले कुन स्थानमा त कहिले कुन स्थानमा सडक बन्द गरेर काम गर्दा सडकमा यात्रा गर्ने यात्रुले सास्ती बेहाेर्दै आएपछि गुनासाे बढेकाे हाे ।
सडक कार्यालयले अति व्यस्त सडकमा पनि वर्षभरि नै विभिन्न नाममा पटक-पटक सडक बन्द गरेकाेमा यात्रुकाे गुनासाे रहेकाे छ । फोटो वेव
स्याङजाकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखरामा निधन
.

समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


