यस्तो छ आजको दिन, शुभबेला, कालराहुको समय जानकारी सहित राशिफल (कार्तिक १७)

मेष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ ।

वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुको समर्थन पाइने छ ।

मिथुन– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ ।

कर्कट– स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ ।

सिंह– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला ।

कन्या– अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ ।

तुला– व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ ।

वृश्चिक– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन ।

धनु– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला । हातहतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।

मकर– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।

कुम्भ– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ ।

मीन– नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

बिशेष काम गर्ने राम्रो समय बिहान 06:38 देखि 06:58 बजे सम्म छ, यो समय चन्द्र होरा र अमृत बेला संग संगै पर्छन अर्को राम्रो समय दिउसो 1:34 देखि 01:58 सम्म सामान्य राम्रो छ यो चन्द्र होराको समय हो । ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान 07:40 बजे देखि 09:02 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले सेता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै खिर दुध वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि दक्षिण
दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि रामो छ /

(बिशेष कुरा = मन र बुद्धिमा चन्द्र ग्रहको प्रभाब, असर र सरल उपचार ?
Special thing = The Impact, effect and simple treatment of the lunar planet on the mind and intellect? YouTube मा :- Tulasi Guru 9841405073
https://www.youtube.com/channel/UCQweVf9pTr-QDm9R0rOXg4Q)

Facebook Comments Box
TOP