आज शुक्रबार यस्तो छ समय, बार बेला सहित राशिफल (कार्तिक २१ गते)
मेष– आमदानिको नयाँश्रोत फेला पर्नेछ । भोजभत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
वृष– विबाद बढने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ ।
मिथुन– कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला ।
कर्कट– आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
सिंह– नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला ।
कन्या– स्वास्थय कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ ।
तुला– अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् दिन मध्यम खालको छ ।
वृश्चिक– स्वस्थ्ययमा सुधार हुने भयकोले नया काममा ध्यान दिएमा मान सम्मान मिलनेछ, । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ। आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ ।
धनु– बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न्न पाइएला ।
मकर– कुराकाटनेहरु प्रसस्थ बढनेछन । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला ।
कुम्भ– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ ।
मीन– आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।
बिशेष काम गर्ने राम्रो समय बिहान 08:51 देखि बिहान 09:55 सम्म छ, यो समय चन्द्र होरा, गुरु होरा, लाभ बेला, अमृत बेला संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान 10:25 बजे देखि मध्यान्न 11:46 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले सेता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध जौ वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि पश्चिम
दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, साथीको काम, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, जस्ता काम आज फाब्छन /
(बिशेष कुरा = सृजनशीलताको प्रयोगमा शुक्र ग्रहको प्रभाब, असर र सरल उपचार ?
Special thing = The Impact, effect and simple treatment of Venus in the use of creativity?
YouTube: Tulasi Guru 9841405073
https://www.youtube.com/channel/UCQweVf9pTr-QDm9R0rOXg4Q)
समाचार
थप सामाग्रीदहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
३ दिन अगाडि
भीरकोट : दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार…