आज बुधबार कस्तो छ समय शुभबेला सहित राशिफल (कार्तिक १९ गते)

budhabar ko rasi

मेष– गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।

वृष– प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको पनि लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।

मिथुन– समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला ।

कर्कट– यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ ।

सिंह– परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला ।

कन्या– आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होेला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।

तुला– लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ ।

वृश्चिक– आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला । कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।

धनु– गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला । झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।

मकर– कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला ।

कुम्भ– रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला ।

मीन– सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ ।। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला ।

बिशेष काम गर्ने राम्रो समय बिहान 07:49 देखि 08:33 बजे सम्म छ, यो समय चन्द्र होरा,लाभ बेला, अमृत बेला, गुरु होरा संग संगै जस्तो पर्छन . साथै अर्को राम्रो समय बिहान 10:54 देखि 11:16 सम्म छ यो समय सुभ बेला र अभिजित मुहूर्तको समय हो । ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल दिउसो 11:46 बजे देखि 01:08 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले हरिया खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध तिल वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि दक्षिण
दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम राम्रो छ ।

(बिशेष कुरा = बोलि र बुद्धिको प्रयोगमा बुध ग्रहको प्रभाब, असर र सरल उपचार ?
Special thing = The Impact, effect and simple treatment of Mercury in the use of speech and intellect?

YouTube :- Tulasi Guru 9841405073
https://www.youtube.com/channel/UCQweVf9pTr-QDm9R0rOXg4Q)

Facebook Comments Box
TOP