कांग्रेस सांसद मोहन पाण्डेले लिए सपथ
काठमाडौं : नवनिर्वाचित सांसद मोहन पाण्डेलाई पद तथा गोपनीयताको सपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले सपथ खुवाएका हुन्।

सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन समेत गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन्।
सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो । नेपाल विद्यार्थी सङ्घबाट २०३७ राजनीतिमा प्रवेश गरेका पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जाबाट विजयी भएका थिए।
शपथपछि सञ्चारकर्मीका जिज्ञासामा सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र सङ्घीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने प्रतिक्रिया दिए।
उनले भने, ‘संसदको गरिमालाई उच्च बनाउँदै प्रतिपक्षको भूमिकालाई सशक्त बनाएर आमजनताका बीचमा जेजस्तो धारणा विकास भएको छ, त्यसलाई चिर्दै सशक्त प्रतिपक्षको उचाइ दिन म प्रयत्न गर्ने छु ।’
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


