चुनावी प्रतिवद्धता पुरा हुँदैछन् : मन्त्री अर्याल ।
स्याङ्जा :
भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले चुनावी प्रतिवद्धाहरुलाई विस्तारै पुरा गर्दै गईरहेको बताउनुभएको छ । मन्त्री अर्यालले शनिबार स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ मा सृजनशील बहुउद्देश्यीय क्लबको भवन शिलन्यास गर्नुहुँदै भन्नुभयो, ‘हामीले चुनावी प्रतिवद्धताहरुलाई क्रमश पुरा गर्दैछौँ ।
केहिको उपलब्धी आईसकेको छ भने केहि आयोजनाहरु बन्दै गरेको अवस्थामा छन् ।’ जनताहरुको आड भरोसाले आँफु अहिले मन्त्री पदमा रहेको भन्दै उहाँले जनतालाई निरास बनाउने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनमुखी कामको अभियानमा सरकार छ । जनताको आशालाई कहिल्यै निराशा बन्न दिँदैनौँ ।’
सिप सहितको शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उहाँले सिप विकासले मात्रै बेरोजगारको अन्त्य हुँन सक्ने बताउनुभयो । सरकार सिपसहितको शिक्षाको अभियानमा रहेको भन्दै उहाँले भन्नुभयो, ‘युवालाई स्वोरोजगार बनाउन सिपयुक्त शिक्षाको आवश्यकता पर्दछ, विदेश पलायनबाट रोक्न पनि हातमा सिप नै चाहिन्छ । सिप सिकेर आफ्नै भुमिमा सुन फलाउन हामीले युवाहरुलाई अभिप्रेरित गछौँ ।’
कालीगण्डकीमा समेत विकासको गति अगाडि बढेको भन्दै उहाँले सडक चौडादेखि ग्राभेल गर्ने काम समेत आफ्नै पहलमा भएको बताउनुभयो । मिर्मिदेखि रुद्रबेनी सम्मको सडक कालेपत्रे गरेर पर्यटकीय मार्ग बनाउने मन्त्री अर्यालको भनाई छ ।
उहाँले भन्नुभयो, ‘स्याङ्जामा पर्यटकीय संभावनाहरुको लागी आवश्यक विकासको पुर्वाधार मध्ये पहिलो सडक पनि हो । पर्यटकीय सडकहरु निर्माण गर्ने, अन्य भौतिक संचरना निर्माण गरेर पर्यटकलाई आर्कषण गर्नेछौँ ।’ साथै मन्त्री अर्यालले कालिगण्डकी २ स्थित नवनिर्मित शिवपार्वतीको मन्दिर निरिक्षण गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…