मन्त्री अर्यालले गरिन् स्याङ्जाका विकास निर्माण आयोजनाहरूको निरीक्षण ।
स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्नु भएकाे छ।
मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरूको निरीक्षण गर्नु भएकाे हाे ।उहाँले वालिङ, सुर्कौँदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरीक्षण गर्नु भएकाे हाे ।
कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरीक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीति रहेको मन्त्री अर्यालले बताउनु भयाे ।
स्वरेक मैदानसम्म सडक कालोपत्रे गरी यहाँको पर्यटकीय स्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने मन्त्री अर्यालको भनाइ छ।
त्यस्तै, वालिङ ११ डौंवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गर्नु भयाे ।
डौंवाका ५ सय घरधुरीलाई सहज रूपमा खानेपानी पुर्याउन छिट्टै योजना ल्याउने उहाँले बताउनु भयाे ।
यसैगरी, मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरूको समेत निरीक्षण गर्नु भयाे ।
मन्त्री अर्यालले चापाकोटको सिटी हल, भ्यु टावर, बसपार्क, बहुप्राविधिक शिक्षालयको निरीक्षण गर्नु भयाे ।
चापाकोटमा ३०० जना क्षमताको सिटीहल निर्माणाधीन अवस्थामा छ।
बहुवर्षीय योजना अन्तर्गत सिटी हल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा २ करोड चालू आर्थिक वर्ष २०७७/०७८ मा १ करोड गरी ३ करोड रकम निकासा भइसकेको छ।
सिटी हल २०७७ फागुन २१ गतेभित्र भ्याटबाहेक ३ करोड ६९ लाख ३७ हजार ५ सय ४४ मा सम्झौता भएको हो। कोभिडको संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुने भएको छ।
अनुगमनका क्रममा मन्त्री अर्यालले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधी प्रवृत्ति भएको बताउनु भयाे ।
यो वर्ष कोरोनाको संक्रमणका कारण धेरै आयोजनाहरूलाई प्रभाव पारे पनि अब कोरोनासँग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने बताउनु भयाे। यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गर्नु भएकाे हाे ।
कर्मचारीहरूलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट सुरूआत गर्ने भन्दै सोही अनुसार काम गर्न निर्देशन दिनु भएकाे थियाे ।
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


