अर्जुनचौपारीका गर्भवतीलाई मोबाइलबाटै स्वास्थ्य सेवा ।
स्याङ्जा : स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउन स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गर्भवती महिला र शिशुका लागि मेडिक मोबाइल स्वास्थ्य कार्यक्रम सुरु गरेको छ ।
घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य स्याहार गरेको पालिकाले स्वयंसेविका मार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच कार्यक्रम सुरुवात गरेको गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले बताए ।
पालिकाले कार्यक्रमको लागि पहिलो चरणमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । ३ दिने प्रशिक्षणमा पालिकाका ५ स्वास्थ्य चौकीका १० जनाको सहभागिता छ ।
प्रशिक्षकले पालिकाका ३८ स्वयंसेविकाहरुलाई तालिम दिने अध्यक्ष अर्यालले जनाए । स्वयंसेविकाले मोबाइलबाट गर्भवती तथा नवजात शिशुको स्याहार गर्नेछन् ।
उपाध्यक्ष चिनमाया गुरुङले दक्षिण एसियामै मातृशिशु मृत्युदर बढी भएको अवस्थामा कार्यक्रमले सहयोग पुग्ने बताइन् । नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने कार्यक्रम सुरुवात हो ।
प्रविधिमा एकपटक गर्भवतीको नाम दर्ता भइसकेपछि उनीहरु जाचँका लागि स्वास्थ्य संस्था नगए तुरुन्त स्वयंसेविकाको मेडिक मोबाइलमा म्यासेज व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले जानकारी दिए ।
स्वयंसेविकाले खबर गरेपश्चात पनि गर्भवती महिला स्वास्थ्य संस्थामा जाँच गर्न नगए तेश्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई जाने व्यवस्था मिलाइएको छ ।
उनले गर्भवती भएरपनि स्वास्थ्य संस्थामा नजाने महिलालाई फलोअप गर्न स्वयंसेविकालाई सहज हुने बताए ।
पालिकाले एक वर्ष पहिला मेडिक मोबाइल कार्यक्रमको तयारी गरेको जानकारी दिँदै उनले १५ दिनभित्र पालिकाका गर्भवती महिलाको तथ्यांक लिन टोल टोलमा पुग्ने उल्लेख गरे ।
पालिकाले प्रविधिमार्फत महिलाको नियमित परीक्षणका लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेकजाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार हुने अपेक्षा लिएको छ
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


