गल्याङमा एकै परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टी
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक मालुङ्गामा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
साविकको मालुङ्गा गाविसमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको नगर प्रबक्ता तथा गल्याङ नगरपालिका १ का अध्यक्ष गणेशप्रसाद बस्यालले जानकारी दिनुभयो ।
उहाँले समुदाय स्तरमा कोरोना संक्रमण अझै फैलने डर भएकाले सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
वडा नम्बर १ मालुङ्गामा एक हप्ता देखि गरिएको शिल (बन्द) खुला गरिए पनि संयमित रहन र विशेष साबधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
बस्यालले भन्नुभयो –‘समुदाय स्तरमा कोरोना अझै फैलिएको हुन सक्ने भएकाले बजारमा अत्यावश्यक काम परे मात्रै निस्कन म सबैमा आग्रह गर्दछु ।’
संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
मलुङ्गामा एक व्यवसायीलाई कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा एकै परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
कन्ट्रयाक ट्रेसिङको कामलाई अझै विस्तार गर्दै लगिने बताइएको छ ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


