थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो ।
काठमाडौं : नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
थप १,४७४ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर १४ सय ७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घन्टामा देशभरबाट १९ सय ३१ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ ।
हाल देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


