थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो ।

काठमाडौं : नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
थप १,४७४ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर १४ सय ७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घन्टामा देशभरबाट १९ सय ३१ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ ।
हाल देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…