नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, १ लाख ६२ हजारबढी निको भए ।
नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या दुई लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको बताउनु भयाे । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो।
प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृतयु हुनेको संख्या ११ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


