नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, १ लाख ६२ हजारबढी निको भए ।

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या दुई लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको बताउनु भयाे । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो।
प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृतयु हुनेको संख्या ११ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…