स्याङ्जाका ४ सहित शनिबार गण्डकी प्रदेशमा १०९ संक्रमित थपिए, २ को मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा १ सय ९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका ५६ जना छन् । तनहुँमा २४ जना संक्रमित थपिँदा नवलपुरमा १२, लमजुङमा ५ स्याङ्जा, बागलुङमा ४/४ तथा पर्वत र म्याग्दीमा २/२ थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९ सय ३६ पुगेको छ । तीमध्ये ६ हजार २ सय १४ जना निको भएका छन्
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
यसैबीच गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका कास्की र पर्वतका १/१ संक्रमितको मृत्यु भएको हो । याे सहित प्रदेशमा मृतककाे संख्या १ सय ४१ पुगेकाे छ ।
स्याङ्जामा थपिएका चार कोरोना संक्रमित :
१) पुतलीबजार नगरपालिका -२ कि ३३ वर्षीय महिला
२) भिरकोट नगरपालिका- ३ का ६१ वर्षीय पुरुष
३) वालिङ् नगरपालिका-३ कि ६८ वर्षीय महिला
४) गल्याङ नगरपालिका -३ कि ३२ वर्षीय महिला
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


