स्याङ्जाका ४ सहित शनिबार गण्डकी प्रदेशमा १०९ संक्रमित थपिए, २ को मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा १ सय ९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका ५६ जना छन् । तनहुँमा २४ जना संक्रमित थपिँदा नवलपुरमा १२, लमजुङमा ५ स्याङ्जा, बागलुङमा ४/४ तथा पर्वत र म्याग्दीमा २/२ थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९ सय ३६ पुगेको छ । तीमध्ये ६ हजार २ सय १४ जना निको भएका छन्
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
यसैबीच गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका कास्की र पर्वतका १/१ संक्रमितको मृत्यु भएको हो । याे सहित प्रदेशमा मृतककाे संख्या १ सय ४१ पुगेकाे छ ।
स्याङ्जामा थपिएका चार कोरोना संक्रमित :
१) पुतलीबजार नगरपालिका -२ कि ३३ वर्षीय महिला
२) भिरकोट नगरपालिका- ३ का ६१ वर्षीय पुरुष
३) वालिङ् नगरपालिका-३ कि ६८ वर्षीय महिला
४) गल्याङ नगरपालिका -३ कि ३२ वर्षीय महिला
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


