स्याङ्जाका २४ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु,थप ५ जना संक्रमित थपिए।
स्याङ्जा : वालिङ नगरपालिकाका २४ वर्षीय पुरुषको कोरोनाका कारण शनिबार मृत्यु भएको छ । वालिङ १४ का पुरुषमा कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको थियो ।
उपचारका क्रममा शनिबार उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयाे। योसँगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।
यसैबीच, शनिबार स्याङ्जा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाका ४ जना र पुतलीबजार नगरपालिकाका एक जनामा संक्रमण देखिएको हो।
संक्रमण देखिनेमा वालिङ्की ३९ वर्षीया महिलासहित ५०, २८, ५० वर्षीय पुरुष र पुतलीबजारका ३३ वर्षीय पुरुष रहेको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।
योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ६ सय ४८ पुगेको छ। ती मध्ये ४ सय ९७ जना निको भएर घर फर्केका छन् भने १ सय ३७ जना विभिन्न आइसोलेशनमा उपचार गराइरहेका छन् ।
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


