स्याङ्जाका २४ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु,थप ५ जना संक्रमित थपिए।
स्याङ्जा : वालिङ नगरपालिकाका २४ वर्षीय पुरुषको कोरोनाका कारण शनिबार मृत्यु भएको छ । वालिङ १४ का पुरुषमा कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको थियो ।
उपचारका क्रममा शनिबार उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयाे। योसँगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।
यसैबीच, शनिबार स्याङ्जा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाका ४ जना र पुतलीबजार नगरपालिकाका एक जनामा संक्रमण देखिएको हो।
संक्रमण देखिनेमा वालिङ्की ३९ वर्षीया महिलासहित ५०, २८, ५० वर्षीय पुरुष र पुतलीबजारका ३३ वर्षीय पुरुष रहेको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।
योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ६ सय ४८ पुगेको छ। ती मध्ये ४ सय ९७ जना निको भएर घर फर्केका छन् भने १ सय ३७ जना विभिन्न आइसोलेशनमा उपचार गराइरहेका छन् ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


