बिरुवा गाउँपालिकामा १२ बेडको आइसोलेसन सेन्टर संचालनमा ।

biruwa-3

स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकामा १२ बेड क्षमताको आइसोलेसन सेन्टर संचालनमा आएको छ। बिरुवा गाउँपालिकाको वडा नम्बर ६ चिन्नेबासमा आइसोलेसन सेन्टर निर्माण गरि कोरोना संक्रमितहरुलाइ सेवा दिन थालिएको छ। स्याङ्जामा पनि दैनिक कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएकोले गाउँपालिकाले आइसोलेसन सेन्टर संचालनमा ल्याएको हो।

बुधबारबाट संचालनमा आएको आइसोलेसन सेन्टरको स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार बस्नेत र एसपी होबिन्द्र बोगटीले संयुक्त रुपमा बिहिवार निरीक्षण गर्नु भएको छ। प्रमुख जिल्ला अधिकारी र एसपी बोगटी द्वारा एक कार्यक्रमका बिच आइसोलेसन सेन्टर अवलोकन गर्दै आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिनु भएको हाे ।

बिरुवा गाउँपालिकाका प्रशासकीय अधिकृत कुलराज सुवेदीका अनुसार आइसोलेसन सेन्टरमा अहिले बिरुवा गाउँपालिकाका ३ जना कोरोना संक्रमितहरुले सेवा लिइरहेका छन् । आइसोलेसन सेन्टरमा आवश्यक पूर्वाधार र स्वास्थ्य सामाग्रीहरु पूर्णरूपमा रहेको समेत प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो।

.

Facebook Comments Box
TOP