वालिङमा सुबिधा सम्पन्न ब्युटीसियन ट्रेनिङ सेन्टर संचालनमा, महिलाहरुलाई उद्यमशील बनाउने लक्ष्य ।
वालिङ : महिलाहरुलाई ब्युटीसियन पेशाबाट उद्यमशील बनाउने उद्देश्यले स्याङ्जाको वालिङमा सुबिधा सम्पन्न ब्युटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याईएको छ । सृष्टि हर्वल व्युटी पार्लरले संचालनमा ल्याएको सुविधा सम्पन्न ट्रेनिङ् सेन्टरको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले उद्घाटन गर्नु भएकाे हो । पछिल्लो समय ब्यूटीसियन पेशामा महिलाहरूकाे अाकर्षण बढेसँगै ट्रेनिङ् सेन्टर संचालनमा ल्याएकाे सृष्टि हर्वल ब्युटी पार्लरका सञ्चालक दुर्गा अर्याल थापाले बताउनु भयाे । ब्युटीसियन व्यवसायबाट महिलाहरुको आयआर्जनमा थप टेवा पर्याउने उद्देश्यले ब्यूटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याएको थापाको भनाई छ ।
उद्घाटन समारोहमा वालिङ नगरपालिकाका उपप्रमुख तिवारीले ट्रेनिङ् सेन्टरको उच्चतम प्रयोग गरी व्यवसायी बन्न महिलाहरुलाई आग्रह गर्नुभयाे । यो ट्रेनिङ् सेन्टरले महिलाहरुलाई व्यवसायी बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा विस्वस्थ रहेको छु उपप्रमुख तिवारीले भन्नुभयाे,“महिलाहरु आत्मनिर्भर भए भने मात्रै देश र नगरले समृद्धि हासिल गर्छ ।” वालिङ नगरपालिकाको लागि यो ट्रेनिङ् सेन्टर एउटा महत्वपूर्ण पाटो बन्न सक्छ तिवारीले भन्नुभयाे । स्वास्थ्य सगै सुन्दरतामा पनि टेवा मिल्ने हुदा यो व्यवसाय आयआर्जनमा लागि निकै भरपर्दो मानिएको तिवारीको भनाई छ ।
.

महिलाहरुलाई उद्यमशिल बनाउन स्थानीय सरकारले नीजि क्षेत्र सगँ साझेदारी गर्न सुझाव दिदै वालिङ उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका अध्यक्ष कविता भुषालले यस्ता ट्रेनिङ सेन्टरहरु संचालनमा आउनु राम्रो भउको बताउनु भयाे । महिलाहरु पनि आफ्नै खुट्टामा उभिन सक्छन् भन्ने उदाहरण हो अध्यक्ष भुषालले भन्नुभयाे,“विभिन्न पेशा ब्यवसायमा महिलाहरुलाई आत्मनिर्भर बनाउने तर्फ लाग्नु पर्छ ।” महिलाहरुलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन वालिङ उद्योग वाणिज्य संघले ठुलो भुमिका खेल्दै आएको छ भुषालले भन्नुभयाे । १८ बर्ष देखि ब्युटीसियन व्यवसाय संचालन गर्दै आएकी थापाले १९ औं बर्षमा पार गरेको अबसरमा ट्रेनिङ सेन्टर संचालनमा ल्याएको बताउनु भयाे ।
.

जिल्लाकै पहिलो र सुविधा सम्पन्न ब्यूटीसियन ट्रेनिङ् सेन्टर वालिङमा संचालनमा आएपछि सिक्नका लागि पोखरा जानुपर्ने बाध्यता हटेको बताइएको छ । उद्घाटन समारोहमा ब्यूटीसियन एसोसेशन स्याङ्जाका सचिव पमिला गुरुङ् र निवर्तमान उपाध्यक्ष तुलसी गुरुङ्ले संचालन र स्वागत गरेका थिए भने सृष्टि हर्बल ब्यूटीसियनका प्रोपाईटर दुर्गा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


