कार्तिक १ गते देखि स्याङ्जा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य, यस्तो छ नयाँ व्यवस्था ।

jipraka_pic_new

स्याङ्जा :
कार्तिक १ गते देखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधीको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बुधबार एक सूचना प्रकाशन गरेर कोभिड १९ बाट नागरिकलाई सुरक्षित बनाउनका लागि नयाँ व्यवस्था गरिएको जनाएको छ ।
स्याङजाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गर्नु भएको सूचनामा उच्च जोखिम भएका स्थानहरुबाट स्याङजा जिल्लामा प्रवेश गर्दा ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको उल्लेख छ । पिसिआर रिपोर्ट नभएमा अनिवार्य रुपमा तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने सूचनामा उल्लेख छ ।
यस्तै स्याङजा जिल्लाभर लागु हुने गरी नयाँ आदेश समेत जारी भएको छ । भदौ २७ गते बसेको सर्बदलीय बैठकको निर्णय अनुशार प्रशासनले नयाँ आदेश जारी गरेको हो ।
दशै तिहार छठ जस्ता महान चाडपर्वहरु नजिकिंदै गरेको अवस्थामा नागरिकहरुको आवागमन स्वभावत बढ्ने भन्दै संक्रमणको जोखिम समेत बढ्ने भन्दै जिल्लामा कडाई गरिएको हो ।
प्रशासनले स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी नयाँ आदेश जारी गरिएको हो ।

 निषेध गरिएका गतिविधिहरुः

१. विद्यालय, क्याम्पस लगायत सबै प्रकारका शैक्षिक संस्था, पुस्तकालय,तालिम, गोष्ठी तथा सेमीनार, भेला तथा सम्मेलन, पार्टी प्यालेस, भोजभतेर, हाटबजार, सिनेमा हल, डान्सबार लगायतका मनोरञ्जन स्थल र सामुहिक खेलकुदजन्य गतिविधिहरु सञ्चालन गर्न,

२. मानिसहरु भेला जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव गर्ने तथा कुनै धर्म संस्कृति सम्बद्ध राजनीतिक,सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना तथा सञ्चालन हुन,

३. मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका धार्मिक र साँस्कृतिक महत्वका स्थलहरुमा दैनिक नित्य पुजा रआरधना बाहेकका अन्य गतिविधिहरु सञ्चालन गर्न,

 ४. विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका,२०७७ को व्यवस्था विपरित हुने गरी विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाहरु सञ्चालन गर्न,

५. कोभिड १९ को प्रकोपको अवधीभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका,२०७७ का प्रावधान विपरित गरिएका सार्वजनिक सवारी सञ्चालनका गतिविधिहरु गर्न,

६. स्वास्थ्य र सुरक्षाका मापदण्ड विपरित व्यवसाय सञ्चालन र निर्माण जस्ता कार्य गर्नको लागि श्रमिक र कामदार ओसारपसार तथा प्रयोग गर्न,

आदेशको कार्यान्वयन प्रभावकारी रुपमा गर्न र कोभिङ-१९ को संक्रमणको जोखिमबाट बच्न पूर्वसावधानी अपनाउन देहायबमोजिम गर्ने :

१. अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्यूनतम २ मिटरको भौतिक दुरी कायम गर्ने, पटक पटक सावुन पानीले हात धुने जस्ता स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्नुहुन।

२. सरकारी तथा गैरसरकारी कार्यालयहरु एवं बैंक तथा वित्तीय संस्था तथा सहकारीहरु संचालनको हकमा सामाजिक दुरी कायम गरी भिडभाड नहुने गरी सञ्चालन गर्न,

३. नियामक निकाय तथा सम्पूर्ण छाता संघरसंगठनहरुले मातहतका निकायरकार्यालय वा स्थानमा स्वास्थ्य मापदण्ड पालना भए नभएको नियमित रुपमा अनुगमन गर्नु पर्नेछ।

.

Facebook Comments Box
TOP