अनुमती नलिई गरिएको स्वास्थ्य शिविरले स्याङ्जामा फैलायो कोरोना संक्रमण ।

Syangja_district

स्याङ्जा :
निशुल्क स्वास्थय शिविर आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिएको छ । दुई साता अगाडि स्याङ्जाको चापाकोट स्थित सुनतलीटारमा वि एम फाउण्डेसनले आयोजना गरेको आँखा शिविरका कारण समुदायमै कोरोना संक्रमण देखिएको हो । शिविरका आयोजक तथा फाउण्डेसनका अध्यक्ष डाक्टर बुद्धिमान श्रेष्ठ बिरामी भएपछि उहाँको स्वाव परिक्षण गर्दा कोरोना पुष्टि भएपछि शिविरमा आएका र आयोजकको सम्पर्कमा आएका व्याक्तिहरुको स्वाव परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएपछि समुदायमै कोरोना फैलिएको बताइएको छ । ३९ जनाको स्वाव पोखरा प्रयोगशालामा पठाइएका मध्ये १४ जनामा कोरोना संक्रमण देखिएको चापाकोट नगर स्वास्थ्य शाखा प्रमुख विन्दु कोइरालाले बताउनु भयाे । कोइरालाका अनुसार ४ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएपछि नगरपालिका शिल गरिएको बताउनु भयाे ।
अर्को सूचना जारी नभए सम्मका लागि चापाकोट नगरपालिकाले अत्यआवश्क बाहेक सबै सेवा बन्द गरेको छ भने, उद्योग कलकारखाना, पसल र आवतजावत पूर्ण रुपले बन्द गरिएको भन्दै प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । जिल्ला प्रशासन र स्थानीय प्रशासन सगँ समेत अनुमति नलिई शिविर संचालन गरिदिदा चापाकोट नगरपालिकाको समुदायस्तर सम्म कोरोना संक्रमण फैलिएको नगरपालिकाले जनाएको छ ।
भिटिएमको अभावमा पहिलो चरणमा ३९ जनको मात्रै स्वाव संकलन गरिएको नगरपालिकाले जनाएको छ । निशुल्क आँखा शिविर चलाएको फाउण्डेशन भने बिरामीलाई कोरोना संक्रमण देखिएको प्रति बेखवर रहेको छ । सेवाका नाममा गरिएको शिविरले कोरोना संक्रमण फैलाउन मद्धत गरेको भन्दै वि एम फाउण्डेसन प्रति स्थानीय आक्रोशित मात्रै नभएर कारवाहिको समेत माग गरिएको छ ।

स्याङ्जामा अहिले सम्म ६ हजार ८ सय ४८ जनाको स्वाव लिइएकोमा ४ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म ३ सय ९६ जनाले कोरोना संक्रमण जितेर निको भइसकेका छन् भने ५ जनाको निधन भएको छ । ४३ जनाको आइसोलेसनमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । १ सय ४४ जना क्वारेन्टीनमा रहेका छन् भने ६० जनाको स्वावको परिक्षण आउन बाँकी रहेको छ । कोरोना मुक्त जिल्लाको तयारीमा स्याङ्जा रहेका बेला आँखा शिविरले फेरी समुदायमा कोरोना संक्रमण फैलिएपछि जिल्ला उच्च जोखिममा रहेको बताइएको छ ।

कार्तिक १ गते देखि स्याङ्जा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य, यस्तो छ नयाँ व्यवस्था ।

Facebook Comments Box
TOP