आज आईतबार कस्तो छ समय,बार बेला,राहुकाल सहित राशिफल (कार्तिक १६ गते)


मेष– विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नया कामको अवसर पनि मिल्ला, अँँन्नको लाभ पनि हुने दिन छ ।

वृष– भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बड्नाले सुख बड्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ ।

मिथुन– गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।

कर्कट– बाध्यतापूर्ण काममै समय बित्न सक्छ, ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन । रोेगले साताउला, सोच्दै नसोचेको ठाउमा रुपैयापैसाको खर्च होला ।

सिंह– विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ ।

कन्या– आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । धनलाभ पनि होला ।

तुला– भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन पा्रप्तीको योग छ, टाढाको यात्रा पनि होला । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ ।

वृश्चिक– ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला । गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ कसैसंग सामान्य बादविवाद पर्ने देखिन्छ ।

धनु– नया काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।

मकर– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।

कुम्भ– व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविधलाभ पनि होला । सहयोग र नयाँमित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ ।

मीन– उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दैनसोचेको ठाउमा पैसा जाने दिन छ ।

बिशेष काम गर्ने राम्रो समय बिहान 09:25 देखि 10:33 बजे सम्म छ, यो समय सुरुमा चन्द्र होरा लाभ बेला गुरु होरा र अमृत बेला, अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बेलुका 03:53 बजे देखि साँझ 05:14 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले राता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै रसिलो बस्तु घिउ वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि पूर्व
दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु गीत संगित, पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

बिशेष कुरा = तपाईंलाई अरुले गर्ने विश्वासमा सुर्य ग्रहको प्रभाब, असर र उपचार ?
Special thing = Do you believe in the influence, effect and treatment of the Sun planet in the belief of others?
(YouTube :- Tulasi Guru 9841405073 मा सम्पूर्ण कुरा हेर्न सक्नु हुनेछ ।)

Facebook Comments Box
TOP