आज बुधबार कस्ते छ समय बारबेला तथा राहुकाल सहित राशिफल (कार्तिक १२)
मेष– अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । ीदन सामान्य बित्ला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ, नचिताएको काममा पैसा भने खर्च हुने योग छ सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला । धनमनग्य कमाउने अवसर मिलनेछ । सोचने शक्तिबढने छ । ब्यापारमा उन्नती पनि हुनेछ ।
वृष– जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज पढाइलेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ साथै टाढाको यात्रा समेत हुन सक्छ । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । यात्रा रमाइलो हुनेछ यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्नेअवसर मिलने छ ।
मिथुन– लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने समस्याको हल हुने छ, गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । खर्चबढने विबाद बढने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ ।
कर्कट– कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठुलै समस्या आउला साथै उपचारका लागी धेरैनै खर्च हुनेछ । नयाँ काममा हात हाल्ने समय छ, यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ पनि होला । मनमा हौसलाबढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नया काम पाउने योग छ ।
सिंह– सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । ध्नको प्राप्ती होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । ्रप्रयत्नले धन कमाउनेअवसर मिलने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रदरहनेछ ।
कन्या– मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ ।
तुला– सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन सक्छन । कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ । वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला, नसोचेको ठाृउमा धनको नाश हुने दिन छ ।
वृश्चिक– बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ, यात्राको समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् ।
धनु– नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, स्वास्थ्यमा समस्या हुनसक्छ । नसोचेका समस्या देखिन सक्छन्् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ । सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
मकर– सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। नयाँ काममा हात हाल्ने समय छ साथै धार्मिक र सामाजिक काममा समय बित्नेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
कुम्भ– शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ ।
मीन– विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ, अन्न प्राप्तीको पनि योग छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । पढाइमा पाउने सफलता यथावत रहनेछ बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन ।
बिशेष काम गर्ने राम्रो समय बिहान 07:35 देखि 08:22 बजे सम्म छ, यो समय चन्द्र होरा,लाभ बेला, अमृत बेला, गुरु होरा संग संगै जस्तो पर्छन . साथै अर्को राम्रो समय बिहान 10:45 देखि 11:08 सम्म छ यो समय सुभ बेला र अभिजित मुहूर्तको समय हो । ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल दिउसो 11:38 बजे देखि 01:02 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले हरिया खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध तिल वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि उत्तर
दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम राम्रो छ ।
बिशेष कुरा = बुध ग्रह र हरियो रंगको महत्व के छ ?
Special thing = What is the significance of Mercury and Green?
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…