नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, मृतकको संख्या ८१२ पुग्यो ।

काठमाडौं : पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सहित कोरोना संक्रमितको जम्मा संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार २१५ छ ।
योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भइ डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना छन् ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८१२ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १५५२ जना कोरोना संक्रमित भएका छन् ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…