नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६०० पुग्यो ।

काठमाडौं : नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या १००,६७६ पुगेको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैबीच
पछिल्लो २४ घन्टामा देशभित्र कोरोनाका कारण एक महिला र नौ पुरुष गरी १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै
देशभर ३१८ जना ‘आईसीयू’मा र ७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७,०५३ रहेको छ । सक्रिय संक्रमित ‘होम’ र संस्थागत ‘आइसोलेसन’मा रहेका छन् ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…