कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट, यस्तो छ तालिका
राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
बुधबार बोर्डले आगामी मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी नयाँ परीक्षा तालिका सार्बजनिक गरेको हो।
गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो।
कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने गरी कार्यविधि बनाइएको जानकारी दिए।
प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहने अर्यालले जानकारी दिए।
बोर्डले दशैँ, तिहार र छठ लगायतका पर्व सकिएलगत्तै परीक्षा सञ्चालन गर्न लागेको हो। शनिबार पनि संचालन हुने परीक्षा मंसिर १६ गते सकिनेछ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


