नेपालमा एकैदिन १९ सय ११ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ पछिल्लो २४ घण्टामा थप १२ हजार ४४४ पीसीआर परीक्षण भएसँगै हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९४७ परीक्षण भउको प्रवक्ता गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्।
योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…