गण्डकीमा अहिलेसम्मकै उच्च संक्रमण, आज मात्रै थपिए १६९ जना ।
पोखरा : गण्डकी प्रदेशमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले आज अहिलेसम्मकै धेरै १ सय ६९ जनामा पोजेटिभ देखिएको जानकारी दिएको हो ।
आज नवलपुरमा ५८, बागलुङमा ५१, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७ र लमजुङमा ३ जना संक्रमित थपिएका हुन् ।
यसअघि सबैभन्दा धेरै १८ असोजमा १ सय ६० जना थपिएका थिए । आज थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ सय ५६ पुगेको छ ।
संक्रमितमध्ये ३४ सय ७० जना निको भएका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९र९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १र१ जना छन् ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


