गण्डकीमा अहिलेसम्मकै उच्च संक्रमण, आज मात्रै थपिए १६९ जना ।
पोखरा : गण्डकी प्रदेशमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले आज अहिलेसम्मकै धेरै १ सय ६९ जनामा पोजेटिभ देखिएको जानकारी दिएको हो ।
आज नवलपुरमा ५८, बागलुङमा ५१, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७ र लमजुङमा ३ जना संक्रमित थपिएका हुन् ।
यसअघि सबैभन्दा धेरै १८ असोजमा १ सय ६० जना थपिएका थिए । आज थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ सय ५६ पुगेको छ ।
संक्रमितमध्ये ३४ सय ७० जना निको भएका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९र९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १र१ जना छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…