९ जनाको ज्यान गएको ठाँउमा फेरी गयो पहिरो,एक घर पुरियाे ।

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा फेरि पहिरो खसेको छ । बिहीबार पहिरो खसेको ठाउँमा फेरि आज बिहान पहिरो खसेको हो ।
त्यहाँ हिजोकोभन्दा ठूलो पहिरो खसेको स्थानीय राजु खनालले जानकारी दिनुभयाे । पहिरोले १ वटा घर पुरिए पनि मानवीय क्षति नभएको वडाध्यक्ष झम्मर श्रेष्ठले बताउनु भयाे ।
बिहीबार पहिरोले क्षति पुर्याएकोभन्दा तलका २ घरमा आज क्षति पुगेको हो ।
‘माथिको डाँडा नै खसेको छ । हिजोको भन्दा ठूलो पहिरो हो । पुरिएको घरको धुरीमात्रै देखिएको छ,’ उहाँले भन्नुभयाे ।
त्यहाँको २ परिवारलाई अन्यत्र सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको हो । पशुचौपाया भने पहिरोमा पुरिएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयाे ।
बिहीबार सोही ठाउँमा पहिरो खस्दा ९ जनाको ज्यान गएको थियो । घाइते १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…