स्याङजा प्रशासनले भन्यो, तत्काल बिद्यालय नखोल्नु,अन्यथा कारबाही हुनेछ ।
स्याङजा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शैक्षिक संस्था संचालन नगर्न आग्रह गरेको छ । विद्यालय, क्याम्पस लगायत शैक्षिक संघसंस्था तथा परीक्षा संचालनका लागि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न प्रशासनले प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो । नेपाल सरकारको भदौ २९ गते भएको निर्णयलाई यथावत रहने गरी शैक्षिक गतिविधि संचालन नगर्न उल्लेख गरिएको छ ।
जिल्लामा अझै कोरोना संक्रमण बढ्दो अवस्था रहेकाले अध्यापन गराउने शिक्षकको परिवारमा समेत संक्रमण देखिएकोले तत्काल शैक्षिक गतिविधि संचालनमा रोक लगाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले विज्ञप्ती मार्फत जानकारी गराउनु भएकाे छ । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ विपरीत प्रत्यक्ष सिकाई अवलम्वन गरी सरकारले गरेको निर्णय विपरीत संचालन गर्न खोजीएको पाइएकोले यो प्रेस विज्ञप्ती मार्फत पुन जानकारी गराइएको प्रजिअ क्षेत्रीले उल्लेख गर्नु भएकाे छ ।
कसैबाट सामुदायीक तथा संस्थागत विद्यालय संचालन गरी संक्रमण फैलिन गयो भने संक्रमक रोग ऐन २०२० बमोजिम कारवाहि हुने चेतावनी प्रशासनले दिएको छ । केही पालिकामा विद्यालय संचालन गर्ने अवस्थामा थिए । शैक्षिक गतिविधि संचालन गर्दा कोरोना संक्रमण थप फैलिन सक्ने भन्दै नेपाल सरकारले शैक्षिक गतिविधि चैत्र ६ गते देखिनै रोक लगाउदै आएको छ ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


