कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी ।
स्याङ्जा :
कोरोनाको कारण बिद्यालय बन्द भए पछि बिद्यार्थीहरु पढाई अस्तव्यवस्त भएको छ तर स्याङ्जाका केही बिद्यार्थीहरु भने संगित सिक्न व्यवस्त रहेकाछन् ।
गल्याङ नगरपालिका वडा नम्वर १ मा रहेको रामनदीधाम सस्कृत गुरुकुलका बिद्यार्थीहरु कोरोनाको प्रभाव कम गर्न भन्दै संगितको प्रशिक्षण लिई रहेकाहुन् ।
मारुन एकेडेमी अफ प्रफमिङ्ग आर्टस वालिङको सहयोग तथा रामनदीधाम गुरुकुलको समन्वयमा एक हप्ते संगित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
बिद्यार्थीहरुको मस्तिष्कमा कोरोनाका प्रभाव कम परोस् र बिद्यार्थीहरुमा संगित ज्ञान दिन सकियोस् भन्ने उद्देश्यले संगित पाठशाला सञ्चालन गरिएको गुरुकुलका प्रार्चाय कूष्ण प्रसाद वस्यालले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “विद्यार्थीको मनोविज्ञानलाई बुझि हामीले बिशेष कक्षा सञ्चालन गरेका हौं ।”
.

विद्यार्थीहरु पुर्बीय दर्शनामा आधारित शास्त्रीय संगित र पश्चिमी शास्त्रीय संगितका विविध क्षेत्र गायन ,गितार, हार्मोनियम ,मादल ,किबोड तथा बासुरी बाधडा लगायतमा प्रशिक्षण दिईएको मारुन एकेडेमीका प्रमुख एबं संगित गुरु पवन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले बिद्यार्थीहरुलाई गीत संगित सिकाउने कार्य निरन्तर जारी राख्ने छौं ।”
घरमा नै बसेका बिद्यार्थीहरुलाई कोरोनाको असर कम पार्नको लागि जिल्ला अन्य बिद्यालयमा पनि संगितको निशुल्क प्रशिक्षण कक्षा सञ्चालन गरिने मारुन एकेडेमी वालिङका व्यवस्थापक सबिना दाहाल अधिकारीले जानकारी दिनुभयो । बिद्यार्थीहरुमा मोबाईल तथा मोबाईलमा हुने बिभिन्न खाले गेमको लत नै बसेको पाइएपछि संगितका कक्षाहरु शुरु गरिएको व्यवस्थापक अधिकारीले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रमा ४० जना बटुकहरुको सहभागिता रहेको छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


