नेविसंघ काठमाडौ सम्पर्क समितिका सभापति क्षेत्रिद्धारा विपि जयन्तीको अवसरमा मास्क र सेनिटाईजर वितरण

nsu_help_chhetree

स्याङ्जा : नेपाल विद्यार्थी संघ (नेविसंघ) स्याङ्जा काठमाडौ सम्पर्क समितिका सभापति इन्जिनियर दिपेन्द्र क्षेत्रिले विपि जयन्तीको अवसरमा मास्क र सेनिटाईजर वितरण गर्नुभएको छ । इन्जिनियर क्षेत्रिले कोरोना नियन्त्रणका लागी अग्र भागमा खटिने सुरक्षाकर्मी र पत्रकारलाई मास्क वितरण गर्नुभएको हो । क्षेत्रिले वालिङ स्थित जनपथ प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, अनुसन्धान, शैक्षिक संस्था, पत्रकार र मिडिया हाउसलगायमा सेनिटाईजर र मास्क वितरण गरेको छ ।

सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ५०० केएन ९५ मास्क र ५ सय एमएलको ३० ओटा सेनिटाईजर प्रदान गर्नुभएको हो । रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले कागे्रसका संस्थापक महामानव विपि जयन्तीका अवसरमा विद्यार्थी नेता क्षेत्रिले निकै प्रशंसनिय कार्य गर्नुभएको बताउनुभयो । साथै अध्यक्ष पाण्डेले कोरोना कहरका बेला फ्रन्ट लाईनमा खटिएर काम गरिरहनुका सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

.

तस्विर : श्रीकृष्ण सिग्देलको फेसबुक पेजबाट

कोरोना संक्रमण दिनहुँ बढिरहेका बेला अग्र भागमा खटिनुहुने सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर आँफूले यो सुरक्षा सामाग्री वितरण गरेको विद्यार्थी नेता क्षेत्रिले बताउनुभयो । साथै उहाँले कोरोना न्युनिकरणका लागी आँफू र आफ्ना परिवारलाई सुरक्षित राख्दै आफ्नो कर्तव्य समेत पालना गर्नुपर्ने भन्दै अग्र भागमा खटिनुहुनेहरुलाई सम्मान व्यक्त गर्नुभयो ।

स्वास्थ्य सुरक्षा सामाग्री वितरणमा नेता क्षेत्रि सहित रेडियोका अध्यक्ष पाण्डे, तरुण दलका वालिङ नगर अध्यक्ष आशिषप्रताप खांण, प्रेस युनियनका जिल्ला सभापति प्रदिप कोईराला, युनियनका निर्वतमान सभापति श्रीकृष्ण सिग्देल, युवा नेता अशोक श्रेष्ठ, नेविसंघ नगर सभापति दिक्षान्तप्रताप खांण, नेता तारकबहादुर थापा कृष्ण, विश्वास लम्साल, महेश रेग्मी, सन्दिप कंडेल, विशाल पंगेनीलगायतको टोलीले सशस्त्र गुल्म, प्रहरी कार्यालय, प्रहरी विट, रेडियो आँधीखोलाको कार्यालयमै पुगेर मास्क र सेनिटाईजर प्रदान गर्नुभएको हो ।

.

Facebook Comments Box
TOP