डा. केसीको सत्याग्रहप्रति वालिङका यूवाले ऐक्यवद्धता जनाए
वालिङ:
चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसीले थालेको सत्याग्रहप्र्रति ऐक्यबद्धता जनाउँदै वालिङमा प्लेकार्ड प्रदर्शन गरिएको छ । वालिङस्थित विभिन्न विद्यालयका विद्यार्थी तथा केसीका समर्थकहरुले ऐक्यबद्धता जनाउँदै आज साँझ वालिङ मोडमा प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
सहभागीहरुले डा. केसीको माग पूरा गर, शैक्षिक संस्थामा राजनीति बन्द गर, दूरदराजमा मेडिकल शिक्षा खै ?, डा. केसीको अनसन मेडिकल माफियालाई टेन्सन जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । पटक पटक सत्याग्रहमा बस्नुभएका डा. केसीको मागले देशमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधार ल्याउने हुँदा यो माग सरकारले जसरी नि पूरा गर्नुका लागि दबाब दिने उद्देश्य प्लेकार्ड प्रदर्शन गरिएको यूवा हरि रेग्मीले बताउनुभयो ।
डा. केसीले १९ औं पटकको सत्याग्रह जुम्लाको चन्दननाथ छ रानीचौरस्थित बाबिरा मन्दिरबाट थाल्नुभएको र हाल उहाँलाई काठमाडौं ल्याईएको छ । यसअघि सरकारले आँफूसँग २०७५ साउन १० गते सम्झौता गरेर हालसम्म पनि कार्यान्वयन नगरेकाले सत्याग्रहमा बस्न बाध्यता भएको बताउनुभएको थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


