डा. केसीको सत्याग्रहप्रति वालिङका यूवाले ऐक्यवद्धता जनाए

gobinda kc

वालिङ:

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसीले थालेको सत्याग्रहप्र्रति ऐक्यबद्धता जनाउँदै वालिङमा प्लेकार्ड प्रदर्शन गरिएको छ । वालिङस्थित विभिन्न विद्यालयका विद्यार्थी तथा केसीका समर्थकहरुले ऐक्यबद्धता जनाउँदै आज साँझ वालिङ मोडमा प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

सहभागीहरुले डा. केसीको माग पूरा गर, शैक्षिक संस्थामा राजनीति बन्द गर, दूरदराजमा मेडिकल शिक्षा खै ?, डा. केसीको अनसन मेडिकल माफियालाई टेन्सन जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । पटक पटक सत्याग्रहमा बस्नुभएका डा. केसीको मागले देशमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधार ल्याउने हुँदा यो माग सरकारले जसरी नि पूरा गर्नुका लागि दबाब दिने उद्देश्य प्लेकार्ड प्रदर्शन गरिएको यूवा हरि रेग्मीले बताउनुभयो ।

डा. केसीले १९ औं पटकको सत्याग्रह जुम्लाको चन्दननाथ छ रानीचौरस्थित बाबिरा मन्दिरबाट थाल्नुभएको र हाल उहाँलाई काठमाडौं ल्याईएको छ । यसअघि सरकारले आँफूसँग २०७५ साउन १० गते सम्झौता गरेर हालसम्म पनि कार्यान्वयन नगरेकाले सत्याग्रहमा बस्न बाध्यता भएको बताउनुभएको थियो ।

.

Facebook Comments Box
TOP