स्याङ्जाबाट निर्वाचित प्रदेश सांसदलाई कोरोना संक्रमण पुष्टि ।
पोखरा : गण्डकी प्रदेश सभाको विधायन समिति सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाबाट निर्वाचन सांसद रेग्मीलाई बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि रेग्मीको स्वाब परीक्षण गरिएको थियो ।
बुधबार नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सांसद रेग्मीले गणका प्रमुख लगायतसँग सँगै खाना खाएका पाइएपछि उनको पनि स्वाब संकलन गरिएको थियो ।
विधायन समिति सभापति रेग्मीले भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’
जो कोहीलाई पनि कोरोनासँग लड्नुपर्छ भनेर तयार हुनुपर्ने रेग्मीको भनाइ थियो ।
सभापति रेग्मीले कामका सिलसिलामा धेरै जनाको सम्पर्कमा रहेको र उनीहरुलाई नआत्तिई सुरक्षित भएर रहन आग्रह गरे । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । कोठमै बसिरहेको छु,’ रेग्मीले भने, ‘ कोरोनासँग एक दिन लड्ने दिन आउँछ भनेर तयार पनि थिएँ ।’
रेग्मीले स्वाब दिएपछि पनि मन्त्रीदेखि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएएको छ । विधेयकमाथि छलफल गर्न पनि उनी सामाजिक विकास मन्त्री नरदेवी पुनको क्वार्टरमा पुगेका थिए । उनी भौतिक पूर्वाधारमन्त्री, पर्यटनमन्त्री लगायतसँग पनि सम्पर्कमा पुगेको पाइएको छ ।
सभापति रेग्मी बुधबारमात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । मुख्यमन्त्री अर्को बैठकमा भएकाले नभेटी फर्किएको स्रोतले जानकारी दिएको छ ।
सांसदलाई संक्रमण देखिएपछि उनलाई होम आइसोलेसन वा कोभिड उपचार केन्द्रको आइसोलेसन लैजाने भन्ने छलफल भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले कन्ट्याक्ट टेसिङका लागि तयारी भइरहेको बताए ।
‘पहिले उहाँको सम्पर्कमा आएकाहरुको लिस्ट तयार हुन्छ । सम्पर्कमा आएकाहरुलाई घरमै सुरक्षित भएर बस्न आग्रह गर्छौं,’ आचार्यले भने, ‘संक्रमितको सम्पर्कमा हुनेबित्तिकै आत्तिएर स्वाब टेस्ट गर्न दौडिइहाल्नु पर्दैन । अवस्था हेरि सबैको क्रमैसँग स्वाब परीक्षण हुन्छ ।’
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय ७७ पुगेको छ । अनलाईन खवर डटकमबाट
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


