स्याङ्जाको आइसोलेसनबाट एक संक्रमित भागे ।

स्याङजा : कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत एक पुरुष संक्रमित बुधबार रातीदेखि फरार छन्। भदौ २८ देखि आइसोलसनमा रहँदै आएका २८ वर्षीय ती पुरुषको बुधबार पनि पीसीआर परीक्षण गरिएको थियो।
केही महिनादेखि कैद सजाए भोगिरहेका उनलाई कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो। खाना खाएर सुतेका उनी कति बेला उठेर फरार भए यसबारे कसैलाई थाहा नभएको अस्पतालका कार्यकार्य अधिकृत छायादत्त रेग्मीले जानकारी दिनुभयाे।
अस्पतालको सुरक्षार्थ खटिएका ४ जना सुरक्षाकर्मीले समेत थाहा पाउन नसकेको उनको भनाइ छ। बुधबार रातीदेखि फरार रहेको भन्ने खबर पाएपछि ती व्यक्तिको खोजी भइरकेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बनाउनु भयाे ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…