नेपालमा एकैदिन १५३९ जना कोरोना संक्रमित थपिए

 ३१ भाद्र २०७७, बुधबार १६:५७   | आँधीखोला समाचार डेस्क

नेपालमा एकैदिन १५३९ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनु भयाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ।

Facebook Comments

अन्तिम अपडेट: ३१ भाद्र २०७७, बुधबार १६:५७





-->