पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण, मृतकको संख्या ३०० पुग्यो ।

corona Gautam

पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ जना संक्रमित थपिएका हुन् ।

यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।

योसहित हालसम्म कोरोना निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP