एकैदिन थपिए १२२८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयाे ।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३९४ महिला र ८३४ जना पुरुष रहेनुका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…