स्याङजा सहित गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना सङ्क्रमित ।

corona update

स्याङजा :
स्याङजा सहित गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएकाछन् । ६ जना महिला र ११ जना पुरुषमा सङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङजाको पुतलीबजार नगरपालिकाका दुई जना पुरुषमा सङ्क्रमण पुष्टी भएको हो ।
पुतलीबजार १ का ४० बर्षका पुरुष र वडा नखुलेका ५१ बर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

याे सहित स्याङजामा सङ्क्रमितको संख्या तीन सय ५१ पुगेको छ भने तीन सय आठ जना निको भएकाछन् त्यस्तै दुई जनाको निधन भएको छ ।
आज नवलपरासी बर्दघाट सुस्ता पूर्बका १२ जना, कास्की दुई जना र तनहुँका एक जना रहेकाछन् ।
यसैबीच शुक्रवार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय ४७ जना पुगेको छ । एक हजार आठ सय १४ जना निको भएकाछन् भने २२ जनाको निधन भएको छ ।

दिन अघि उपचारका लागि बुटवल गएकी वालिङकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टी ।

.

Facebook Comments Box
TOP