स्याङजा सहित गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना सङ्क्रमित ।
स्याङजा :
स्याङजा सहित गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएकाछन् । ६ जना महिला र ११ जना पुरुषमा सङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङजाको पुतलीबजार नगरपालिकाका दुई जना पुरुषमा सङ्क्रमण पुष्टी भएको हो ।
पुतलीबजार १ का ४० बर्षका पुरुष र वडा नखुलेका ५१ बर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
याे सहित स्याङजामा सङ्क्रमितको संख्या तीन सय ५१ पुगेको छ भने तीन सय आठ जना निको भएकाछन् त्यस्तै दुई जनाको निधन भएको छ ।
आज नवलपरासी बर्दघाट सुस्ता पूर्बका १२ जना, कास्की दुई जना र तनहुँका एक जना रहेकाछन् ।
यसैबीच शुक्रवार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय ४७ जना पुगेको छ । एक हजार आठ सय १४ जना निको भएकाछन् भने २२ जनाको निधन भएको छ ।
–दिन अघि उपचारका लागि बुटवल गएकी वालिङकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टी ।
.

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


