५ दिन अघि उपचारका लागि बुटवल गएकी वालिङकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टी ।

स्याङजा :
पाँच दिन अघि उपचारका लागि पाल्पा हुँदै बुटवल गएकी वालिङकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
प्रादेशिक अस्पताल बुटवलमा उपचाररत वालिङ नगरपालिका वडा नम्वर ९ कि १८ बर्षकी महिलामा सङ्क्रमण पुष्टी भएको हो ।
स्तनमा समस्या भए पछि वालिङमा सामान्य उपचार गराई ५ दिन अगाडि उपचारका लागि पाल्पा गएकी ति महिला उतैबाट बुटवल पुगेकी परिवारले जनाएको छ ।
महिलामा कोरोना पुष्टी भएपछि परिवार तथा उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गर्न लागिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
-स्याङजा सहित गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना सङ्क्रमित ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…