५ दिन अघि उपचारका लागि बुटवल गएकी वालिङकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टी ।

coronavirus_pic_web

स्याङजा :
पाँच दिन अघि उपचारका लागि पाल्पा हुँदै बुटवल गएकी वालिङकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
प्रादेशिक अस्पताल बुटवलमा उपचाररत वालिङ नगरपालिका वडा नम्वर ९ कि १८ बर्षकी महिलामा सङ्क्रमण पुष्टी भएको हो ।
स्तनमा समस्या भए पछि वालिङमा सामान्य उपचार गराई ५ दिन अगाडि उपचारका लागि पाल्पा गएकी ति महिला उतैबाट बुटवल पुगेकी परिवारले जनाएको छ ।
महिलामा कोरोना पुष्टी भएपछि परिवार तथा उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गर्न लागिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

-स्याङजा सहित गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना सङ्क्रमित ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP