स्याङ्जा सहित गण्डकी प्रदेशमा थपिए ४० जना काेराेना संक्रमित ।
गण्डकी प्रदेश ४० जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।
कास्कीकाे पाेखरामा १६ जना थपिएकाछन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान विज्ञप्ति जारी गरेर दिएकाे जानकारी अनुसार पाेखरामा थपिएका १६ जना मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् ।
यसैगरी नवलपुरमाा १७ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जना गैडाकाेटका छन् भने १ जना देवचुलीका हुन् ।
त्यस्तै लमजुङमा ३ जना, स्याङ्जामा १ जना, बाग्लुङमा १ जना र तनहुँमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
स्याङ्जामा थपिएका नयाँ संक्रमित कालीगण्डकी गाँउपालिकाका २८ बर्षीय पुरूष हुन् । शुक्रबार विहानसम्म गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ हजार ३ सय ५२ पुगेकाे छ ।
.

समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


