स्याङ्जाका कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु ।
स्याङ्जा :
स्याङ्जाका एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रको आईसियुमा भर्ना भई उपचाररत बृद्धको मृत्यु भएको निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।
स्याङ्जा पुतलीवजार नगरपालिका वडा नम्वर १ का ८५ वर्षीय पुरुषको आज बिहान साढे ६ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।
मृतकमा २४ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो अस्पतालले निकालेको बिज्ञप्तीमा उल्लेख छ । कोरोनाले प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने उनी दशौं संक्रमित रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएकाे छ ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


